नमस्ते अध्यक्षमा यहाँलाई स्वागत छ।

आलिताल गाउपालिकाको गुनासो व्यवस्थापन प्रणाली


आदरणीय गाउँपालिकावासी दाजु भाई तथा दिदी बहिनीहरु, पालिकाको विकास पालिकावासीको सहयोग, सहभागिता, सद्भाव र सहकार्यमा निर्भर रहन्छ । गाउको सामाजिक, आर्थिक, भौतिक र सांस्कृतिक विकासमा प्रत्येक गाउवासीको बुद्धि, सिप, योजना र परामर्शको अविस्मरणीय योगदान हुन्छ । आलितालवासीले हामीलाई दिएको विश्वासलाई आलितालवासीले सोचेकै विकासमा परिणत गर्न हामि सदैब कृयाशील रहन्छौँ । यसका लागि यस आलिताल गाउँपालिकाको बिकास र समृद्धीको सन्दर्भमा तपाईँका कुनै गुनासा, सुझाव, सल्लाह, परामर्श र प्रतिक्रिया भएमा हामीलाई उपलब्ध गराइदिनुभए हामी तपाईँहरूकै सहयोगमा आवश्यक र उपयुक्त सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछौँ । सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्ष रूपमा र सरल तरिकाले गनुासो गर्न सक्ने व्यवस्था गर्न प्राप्त गनुासोलाई शिघ्र सम्बोधन गर्न तथा त्यस्ता निकायबाट भएका सेवा प्रवाह सम्बन्धी काम कारबाहीका सूचनाका सम्बन्धमा जनताको जिज्ञासा समाधान गर्न एक प्रभावकारी सञ्जालपालिका निर्माण गर्न आलिताल गाउँपालिकाले नबप्रबर्धन साझेदारी कोषको आर्थिक सहयोगमा गुनासो व्यवस्थापन प्राणाली निर्माण गरि संचालनमा ल्याएको हो।

आलिताल गाउँपालिकाको चाहाना: सुशासन सहितको संबृद्ध, सुसस्कृत समाबेशी र स्वास्थ समाजको सृजना
Image


शिर्ष पाँच गुनासो